लोकसेवा तयारीका लागि MCQ अभ्यास गर्नुहोस् • दैनिक समसामयिक जानकारीका लागि हामीसँग जोडिनुहोस् • 
समसामयिक

समसामयिक घटना

लेखक: Loksewa News Desk · Aug 23, 2026 9:00 AM · 32 views

समसामयिक घटना

समसामयिक घटना-2083

समसामयिक सामान्य ज्ञान - लोक सेवा विशेष
Loksewa App

समसामयिक सामान्य ज्ञान

६ प्रश्नहरू
प्रश्न १ राष्ट्रिय घटना

नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ को औपचारिक उद्घाटन कहिले सम्पन्न भएको हो ?

उत्तर: विसं २०८३ साउन ११ गते

मुख्य सुरुङको लम्बाइ: २.६८८ किमी
जोड्ने स्थान: काठमाडौँ – धादिङ
आर्थिक सहयोग: जाइकाको १९ अर्ब
आयोजनाको शिलान्यास: २०७६ कात्तिक ४
मुख्य सुरुङ ‘ब्रेकथ्रु’: २०८१ वैशाख ३
नोट: नेपालको पहिलो ऐतिहासिक सुरुङमार्ग चुरियामाई सुरुङमार्ग हो (विसं १९७४)।
प्रश्न २ अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघ (युएनओ) को ८१ औँ महासभाको अध्यक्षमा को निर्वाचित भएका छन् ?

उत्तर: खलिलुर रहमान (बङ्गलादेशका परराष्ट्रमन्त्री)

• सन् २०२६ जुन २ मा भएको निर्वाचनमा १९० मध्ये ९९ मत प्राप्त गर्दै विजयी (प्रतिस्पर्धी साइप्रसका एन्ड्रियास काकुरिस ९१ मत)।

• एसिया–प्रशान्त समूहको पालो अन्तर्गत एकबर्से कार्यकाल सन् २०२६ सेप्टेम्बर ८ बाट सुरु हुने।

प्रश्न ३ अन्तरिक्ष

अमेरिका र रुसको संयुक्त अन्तरिक्ष टोली २४१ दिन लामो अन्तरिक्ष अभियान पूरा गरी कहिले पृथ्वीमा अवतरण भएका हुन् ?

उत्तर: सन् २०२६ जुलाई २६

• ‘सोयुज एमएस–२८’ अन्तरिक्ष यानमार्फत रुसी–अमेरिकी अन्तरिक्ष यात्रीहरू आठ महिनाभन्दा बढी समय अन्तरिक्षमा बिताई फर्किएका।

प्रश्न ४ विज्ञान तथा भूगोल

सौर्यमण्डल अन्तर्गत बुध ग्रहमा रहेको एउटा क्रेटर (खाडल) लाई कुन नेपाली स्रष्टाको सम्मानमा ‘सापकोटा क्रेटर’ नामकरण गरिएको छ ?

उत्तर: कवि महानन्द सापकोटा

• बुध ग्रहको उत्तरी ध्रुवनजिक अवस्थित।

• सन् २०१५ मा आइएयुद्वारा आधिकारिक नामकरण।

प्रश्न ५ अर्थ तथा व्यापार

नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत कोलकाताबाट पहिलो पटक कार्गो रेल विराटनगर कस्टम यार्ड कहिले आइपुगेको हो ?

उत्तर: विसं २०८३ साउन ४ (साउन १ मा छुटेको)

• तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको ढुवानी सहज बनाउन कोलकाता–विराटनगर रेल कार्गो सेवा साउन १ देखि सञ्चालनमा आएको।

प्रश्न ६ पर्यटन तथा स्थल

मनोरम ‘ढुम्बा ताल’ कहाँ छ ?

उत्तर: घरपझोङ, मुस्ताङ

• करिब ३,००० मिटर उचाइमा अवस्थित मुटु आकारको निलो ताल।

• नाप: लम्बाइ १६० मि., चौडाइ १३० मि. र गहिराइ १० मि।