लोकसेवा तयारीका लागि MCQ अभ्यास गर्नुहोस् • दैनिक समसामयिक जानकारीका लागि हामीसँग जोडिनुहोस् • 
समसामयिक

समसामयिक जानकारी

लेखक: Loksewa News Desk · Aug 22, 2026 7:52 AM · 22 views

समसामयिक जानकारी

समसामयिक जानकारी विशेष - 2083

समसामयिक तथा सामान्य ज्ञान सङ्ग्रह

सामयिक तथा सामान्य ज्ञान सङ्ग्रह

लोकसेवा तथा प्रतियोगी परीक्षा उपयोगी विशेष सामग्री

1. ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर कुन संस्थालाई चिनिन्छ?
  • उत्तर: एम्नेस्टी इन्टरनेसनल
  • स्थापना: सन् १९६१ जुलाई
  • प्रधान कार्यालय: लन्डन, बेलायत
2. नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ?
  • उत्तर: सन् २०३० सम्म
3. हाल कार्यान्वयनमा रहेको पर्यटन नीति कुन हो?
  • उत्तर: राष्ट्रिय पर्यटन नीति, २०८२
  • नेपाल सरकार (मन्त्रिपरिषद्) द्वारा स्वीकृत: वि.सं. २०८२ असार १३
  • विशेषता: राष्ट्रिय पर्यटन नीति, २०६५ लाई प्रतिस्थापन गरी आएको यस नीतिले डिजिटल पर्यटन, निजी लगानी प्रोत्साहन, वातावरणमैत्री एवं दिगो विकासलाई मुख्य रणनीतिक स्तम्भ बनाएको छ।
4. बेँसीसहरदेखि हिमाली जिल्ला मनाङसम्म पुग्ने गरी सञ्चालनमा ल्याइएको वैकल्पिक पदमार्गलाई के नामकरण गरिएको छ?
  • उत्तर: लालुपाते पदमार्ग
5. संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (एफएओ) ले बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स कुन हो?
  • उत्तर: टेलिप्लान्ट डाक्टर
6. विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन्?
  • उत्तर: दावा याङ्जुम शेर्पा (दोलखा)
  • कीर्तिमान: उनले सन् २०२४ अक्टोबर ९ (वि.सं. २०८१ असोज २३) मा चीनको तिब्बतस्थित सिसापाङ्मा हिमाल (८,०२७ मि.) को सफल आरोहण गरेकी हुन्।
7. अनौठो प्राकृतिक विशेषता बोकेको प्रसिद्ध ‘गाजाको दह’ कहाँ पर्दछ?
  • अवस्थिति: जैमिनी नगरपालिका–३, दमेक (बागलुङ)
  • सीमा: यो दह बागलुङको जैमिनी नगरपालिकामा हुनुका साथै काठेखोला र बरेङ गाउँपालिकाको सिमाना नजिक पर्छ।
  • उचाइ: समुद्री सतहदेखि करिब २,४९५ मिटर।
  • विशेषता: देवराज इन्द्रको हात्ती ‘ऐरावत’ (गज) ले पानी खाने स्थानसँग जोडिएको। यसको सामीप्यमा सिद्धवराह र शिव मन्दिर रहेका छन् जहाँ जनैपूर्णिमा, साउनको सोमबार र शिवरात्रिमा मेला लाग्छ।