समसामयिक जानकारी
समसामयिक जानकारी - लोकसेवा परीक्षा लक्षित
📚
समसामयिक सामान्य ज्ञान
लोकसेवा तथा प्रतियोगितात्मक परीक्षाका लागि महत्वपूर्ण प्रश्नोत्तर
१
‘जेनजी सहिद दिवस’ कहिले मनाउने निर्णय गरिएको हो?
उत्तर:
भदौ २३ गते
विसं २०८२ मङ्सिर १५ को मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णय गरेको।
२
नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ?
उत्तर:
भदौ २२ गते
विसं २०१३ भदौ २२ गते निजामती ऐन जारी भएको सम्झनामा यो दिवस मनाइन्छ।
३
मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ?
उत्तर:
भदौ २० गते
२०८३ को नारा:
“प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्रनिर्माणमा ऐक्यबद्धता।”
४
नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८४औँ राष्ट्र कुन हो?
उत्तर:
गिनी–बिसाउ
दौत्य सम्बन्ध कायम भएको मिति:
१ सेप्टेम्बर २०२६
५
लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा कहिले गरे?
उत्तर:
३१ अगस्त २०२६
२०२२ विश्वकप तथा २०२१ र २०२४ कोपा अमेरिका विजेता।
६
“सबै कुरा मिलिसकेपछि मात्र आँट्ने हो भने, हामी कहिल्यै सुरु गर्दैनौँ” भन्ने विद्वान् को हुन्?
उत्तर:
इभान तुर्गेनेभ
७
‘हेम–चन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८३’ कसलाई प्रदान गरियो?
उत्तर:
सिर्जना पन्त
पुरस्कार राशि:
रु. ५० हजार
८
पिकलबल विश्वकप–२०२६ मा नेपाललाई कांस्य पदक दिलाउने खेलाडी को हुन्?
उत्तर:
दावासोनाम शेर्पा
प्रतियोगिता भियतनाममा सम्पन्न भएको थियो।
९
प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन कहिले र कहाँ सम्पन्न भयो?
उत्तर:
२०८३ भदौ २०–२१, सर्लाही
लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आयोजना गरिएको।
१०
नोबेल पुरस्कार पाउने सबैभन्दा ज्येष्ठ लेखिका को हुन्?
उत्तर:
डोरिस लेस्सिङ (८८ वर्ष)
सन् २००७ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेकी।
११
चीन–दक्षिण एसियाली गरिबी उन्मूलन तथा सहकारी विकास केन्द्र कहिले स्थापना भयो?
उत्तर:
८ जुलाई २०२१
१२
नोबेल पुरस्कार पाउने संयुक्त राष्ट्रसङ्घका महासचिव को–को हुन्?
उत्तर:
ड्याग ह्यामरसोल्ड र कोफी अन्नान
१३
न्युयोर्कको समुद्र सतहदेखि सगरमाथा आरोहणको कीर्तिमान कसले राखेका छन्?
उत्तर:
एन्ड्रयु उसाकोभ
समय:
३ दिन २३ घण्टा ७ मिनेट
१४
खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो?
उत्तर:
आव २०८१/८२–२०८६/८७
१५
सबैभन्दा धेरै नगरपालिका र गाउँपालिका भएका जिल्ला कुन हुन्?
उत्तर:
रौतहट — १६ नगरपालिका
धादिङ — ११ गाउँपालिका
१६
नेपालको संविधानअनुसार नागरिकताका प्रकार कति छन्?
उत्तर:
चार प्रकार
वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ।
१७
सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पुर्याउने लक्ष्य कहिलेसम्म छ?
उत्तर:
सन् २०३० सम्म
१८
नेपालले APPU बाट सन् २०२६ मा कुन अवार्ड पायो?
उत्तर:
‘सर्भिस इन रिमोट एरियाज’
इनोभेसन अवार्ड अन्तर्गत हुलाक सेवा विभागलाई प्रदान गरिएको।


