समसामयिक वस्तुगत प्रश्नोत्तर
समसामयिक वस्तुगत प्रश्नोत्तर - 2083
साप्ताहिक समसामयिक ज्ञान विशेष
लोकसेवा तथा विभिन्न प्रतियोगी परीक्षाका लागि तयार पारिएको ताजा साङ्ग्रहित सार
#१ नेपाली क्रिकेट टोलीको कप्तानी जिम्मेवारीमा फेरबदल
सन्दीप लामिछाने (साउन २५, २०८३)
- रोहित पौडेलको चार वर्षे सफल कार्यकालपश्चात् उहाँ दोस्रो पटक राष्ट्रिय एकदिवसीय टोलीको कप्तान बन्नुभएको छ।
- यसअघि क्यानले टी–२० आई टोलीको कप्तानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई सुम्पिसकेको छ।
#२ भलिबल विश्व वरीयतामा नेपाली पुरुष टोलीको छलाङ
८३ औँ स्थान
- अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबी) को नवीनतम वरीयतामा नेपाल ५७ स्थान माथि उक्लँदै यो ऐतिहासिक सफलता हासिल गर्न सफल भएको छ।
#३ केन्द्रीय बैङ्क डिजिटल मुद्रा (CBDC) को अवधारणा
विसं २०८३ साउन २४ मा सार्वजनिक
- डिजिटल करेन्सीको प्रयोगले आगामी पाँच वर्षमा ५० प्रतिशतसम्म नोट छाप्ने खर्च घटी करिब रु. ४ अर्ब ७३ करोड बचत हुने अपेक्षा गरिएको छ।
#४ दीर्घकालीन बागमती कार्ययोजना (दोस्रो चरण)
विसं २०८२–२१०२ (रु. २ खर्ब २५ अर्ब बढीको लागत)
- आगामी २० वर्षलाई चार फरक चरणमा विभाजन गरी ३१४.२ वर्गकिलोमिटर जलाधार क्षेत्र समेटिने गरी यो योजना कार्यान्वयनमा आएको छ।
#५ ‘भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड, २०८३’ घोषणा
पाँच जना शिक्षक सम्मानित (जनही रु. २,२२,२२२)
- सम्मानित हुनेहरूमा अन्जना महर्जन, शर्मिला प्रधान, राजकुमार कँडेल, प्रकाश आचार्य र मुकुन्दप्रसाद काफ्ले हुनुहुन्छ।
#६ टोकियोमा सम्पन्न ग्लोबल मिडिया सम्मेलन
‘टोकियो घोषणापत्र’ (नौ बुँदे) जारी
- जापानको टोकियोमा नेपाल पत्रकार महासङ्घको समन्वयमा सम्पन्न सम्मेलनले प्रवास पत्रकारिताको सुदृढीकरण र नयाँ पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ।
#७ राजनीतिज्ञ गोपालमान श्रेष्ठको निधन
विसं २०८३ साउन १२
#८ ओपेक (OPEC) सङ्गठनबाट युएईको ऐतिहासिक बहिर्गमन
सन् २०२६ मे १ (अप्रिल २८ मा घोषणा)
- छ दशक लामो आबद्धता तोड्दै ओपेक छाड्ने युएई पहिलो प्रमुख खाडी राष्ट्र बनेको छ, जसले विश्व ऊर्जा राजनीतिमा नयाँ मोड ल्याएको छ।
#९ एसियन गेम्स पुरुष टी–२० छनोटमा नेपाल च्याम्पियन
विजेता: नेपाल (सिङ्गापुर प्रतियोगिता)
- फाइनलमा डिएलएस नियमका आधारमा हङकङलाई पराजित गर्दै नेपाल एसियन गेम्सका लागि छनोट भएको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको यो १०० औँ टी–२० अन्तर्राष्ट्रिय खेल थियो।
#१० अन्तर्राष्ट्रिय आसियन दिवस (ASEAN Day)
प्रत्येक वर्ष अगस्ट ८
- सन् १९६७ मा स्थापित यस सङ्गठनमा हाल टिमोर लेस्टेसहित कुल ११ सदस्य राष्ट्रहरू आबद्ध छन्।
#११ रणनीतिक ‘मक्का संयुक्त रक्षा सम्झौता’ सम्पन्न
सन् २०२६ अगस्त ७
- साउदी अरब, पाकिस्तान र टर्कीबिच सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउन यो ऐतिहासिक सम्झौता भएको हो।
#१२ बाल्टिक सागर पौडिएर पार गर्ने पहिलो पौडीबाज
बार्तोमेइ कुब्कोव्स्की (पोल्यान्ड)
- उहाँले लगातार ५६ घण्टासम्म करिब १६० किलोमिटर दूरीको बाल्टिक सागर पौडी खेलेर ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको छ।
#१३ भाषाविद् तथा साहित्यकार डा. राजेन्द्र विमलको निधन
विसं २०८३ साउन २६
- जगदम्बाश्री पुरस्कारबाट सम्मानित बहुमुखी प्रतिभाका धनी डा. विमलका विभिन्न मैथिली र नेपाली कृतिहरू चर्चित छन्।
#१४ परराष्ट्र मन्त्रालयद्वारा ‘मोफा नलेज फोरम’ सञ्चालन
सुरुवात: विसं २०८३ साउन २०
- बाह्य अनुसन्धान तथा प्राज्ञिक ज्ञानलाई मन्त्रालयको नीति निर्माण तहमा जोड्ने उद्देश्यले यो मासिक फोरमको थालनी गरिएको हो।
#१५ जापान एसियाली खेलकुदमा नेपालको सहभागिता
२२ खेलमा १३६ खेलाडीको सहभागिता
- जापानको आइची र नागोयामा आगामी असोज ३ देखि १८ गतेसम्म सञ्चालन हुने २० औँ एसियाली खेलकुदका लागि यो टोली तयार भएको छ।
#१६ स्मरणीय राजनीतिक विचार
"जनताको हितभन्दा माथि कुनै पनि राजनीतिक उद्देश्य हुन सक्दैन"
- यो प्रेरणादायी भनाइ प्रख्यात नेपाली राजनीतिज्ञ पुष्पलाल श्रेष्ठको हो।
#१७ कोलम्बियामा गएको शक्तिशाली भूकम्प
सन् २०२६ अगस्त १० (७.४ म्याग्निच्युड)
- ठुलो जनधनको क्षति पुर्याएको यस भूकम्पपश्चात् सरकारले चोको क्षेत्र केन्द्रविन्दु रहेको सो भूकम्प प्रभावित क्षेत्रमा सङ्कटकाल घोषणा गरेको छ।
#१८ तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) को मिति
विसं २०८३ कात्तिक ९ देखि मङ्सिर ५ सम्म
#१९ विश्व आदिवासी दिवसको सन्दर्भ
प्रत्येक वर्ष अगस्त ९
- ‘हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने नाराका साथ यस वर्ष ३२ औँ विश्व आदिवासी दिवस मनाइएको छ।


